Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यातायात कार्यालय झापाद्वारा एक अर्ब राजस्व सङ्कलन

यातायात कार्यालय झापाद्वारा एक अर्ब राजस्व सङ्कलन


  • 1.4K
    Shares

    यातायात कार्यालय झापाद्वारा एक अर्ब राजस्व सङ्कलन
    images

    काठमाडौं । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१\८२ मा विभिन्न शीर्षकमा एक अर्ब ६ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०\८१ को तुलनामा १२ करोड ९५ लाख ३३ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो । 

    यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी राजु ओलीका अनुसार आव २०८०\८१ मा रु ९३ करोड २१ लाख ६६ हजार राजस्व सङ्कलन भएको थियो । 

    आव २०८१\८२ मा १३ हजार ९७० सवारीसाधन दर्ता हुँदा १९ हजार ७७८ जनाले सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका उनले बताए  । 

    यसैगरी, कार्यालयले एक वर्षमा २२ हजार ६९१ सवारीसाधन नवीकरण गरेको छ । आव २०८१\८२ मा  सबैभन्दा धेरै चार हजार ९६२ मोटरसाइकल दर्ता हुँदा तीन हजार ४१० स्कुटर दर्ता भएका सूचना अधिकारी ओलीले जानकारी दिए । 

    सो अवधिमा दुई हजार ६८८ ई-रिक्सा, ७६७ ई-स्कुटर, २४९ ट्याक्टर, २४६ जिप, २५८ कार, १६५ बस, १४६ भ्यान, ३९ टिपर, ७७ ट्रक र २३ मिनी बस दर्ता भएका थिए । 

    प्रकाशित मिति :श्रावण १२ २०८२ सोमवार - १४:५७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij