Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

गोसाइँकुण्डमा बेपत्ता २ युवक मृत भेटिए, स्थानीय श्रोतसाधनको प्रयोग गरेर शव निकालियो

गोसाइँकुण्डमा बेपत्ता २ युवक मृत भेटिए, स्थानीय श्रोतसाधनको प्रयोग गरेर शव निकालियो


  • 1.5K
    Shares

    गोसाइँकुण्डमा बेपत्ता २ युवक मृत भेटिए, स्थानीय श्रोतसाधनको प्रयोग गरेर शव निकालियो

    काठमाडौं । पौडी खेल्ने क्रममा आइतबार रसुवाको गोसाइँकुण्डमा बेपत्ता भएका दुई युवकको शव फेला परेको छ।

    नेपाली सेनाले खोजी गर्ने क्रममा सोमबार बिहान उनीहरूको शव फेला परेको हो। कुण्डमा बेपत्ता भएका मोरङको  विराटनगरका २८ वर्षीय सुजन ढकाल र मोरङको बेलवारीका मनोज न्यौपानेको शव भेटिएको सेनाले जनाएको छ।

    गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरु डुबेको हुनसक्ने आँकलन गरिएको छ।  बेपत्ताको खोजीका लागि नेपाली सेना  श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पुगेका थिए। 

    नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय श्रोत र साधनको प्रयोग गरी बेपत्ता युवकको खोजी गरेको थियो। ती युवकको शव कुण्डबाट निकालिएको र नेपाल प्रहरीलाई बुझाउने क्रममा रहेको सेनाले जनाएको छ।

    गोसाइकुण्ड गाउँपालिका-५ स्थित चारहजार ३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो।गोसाइँकुण्ड ताल १ हजार ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ। 

    प्रकाशित मिति :श्रावण १२ २०८२ सोमवार - ११:५६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij