२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा राख्ने भएको छ ।
राष्ट्र बैंकले सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई प्रस्ताव पठाउन आग्रह गरेको छ भने राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि राख्न लागेको हो ।
केन्द्रीय बैंकले ८० करोड रुपैयाँ वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ विकास बैंकमा र ५ करोड रुपैयाँ फाइनान्स कम्पनीमा राख्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले साउन १४ गतेसम्म आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्ने भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij