२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले चौंथो त्रैमासको वित्तीय विवरणले सार्वजनिक गरेको छ । बैंकको गत आर्थिक वर्ष २०८१\८२ को चौंथो त्रैमासको वित्तीय विवरण अनुसार नाफामा उल्लेख्य सुधार आएको छ । एकै वर्षको अवधिमा बैंकको नाफा साढे ७९ प्रतिशत वृद्धि भएको छ ।
गत आर्थिक वर्षमा बैंकले ६ करोड ९४ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७९.५३ प्रतिशत बढी रहेको छ ।
गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी पनि १७.७३ प्रतिशत बढेर २० करोड २० लाख रुपैयाँ कायम भएको छ ।संचालन नाफामा पनि ७२.७९ प्रतिशत बढेर ९ करोड ८७ लाख २३ हजार रुपैयाँ पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी १२.१८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२२.११ रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षमा बैंकमा बैंकको खराब कर्जा ३.३३ प्रतिशत कायम भएको छ भने वितरणयोग्य नाफा पनि झन्डै दोब्बर ९९४.७० प्रतिशत० बढेर ६ करोड ७ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । बैंकको लाभांश क्षमता १०.६७ प्रतिशत रहेको छ ।
बैंकको चुक्ता पुँजी ५६ करोड ९६ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा १२ करोड ५९ लाख रुपैयाँ राखेको छ ।
बैंकको निक्षेप संकलन पनि उल्लेख्य वृद्धि भएको छ । बैंकको निक्षेप २८.२५ प्रतिशत बढेर ६ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij