Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने गोरखाका आचार्य पक्राउ, ६५ लाखभन्दा बढी रकम ठगी

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने गोरखाका आचार्य पक्राउ, ६५ लाखभन्दा बढी रकम ठगी


  • 1.2K
    Shares

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने गोरखाका आचार्य पक्राउ,  ६५ लाखभन्दा बढी रकम  ठगी

    काठमाडौं । प्रहरीले क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने गोरखा पालुङटार नगरपालिका–२ घर भएका ३७ वर्षीय रविन आचार्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

    रविनले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६५ लाख ९७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।  पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ११ २०८२ आइतवार - ०९:४६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij