Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैंकिङ प्रणालीमा तरलता बढेसँगै थप ५० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता बढेसँगै थप ५० अर्ब तान्दै राष्ट्र बैंक


  • 1.0K
    Shares

    बैंकिङ प्रणालीमा तरलता बढेसँगै थप ५० अर्ब तान्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै रकम उठाइ रहेको छ।

    केन्द्रीय बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ भने अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने छन्।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।

    यो २८ दिने निक्षेप संकलन उपकरणको भदौ ८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । 

    पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ भने बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्। 

     

    प्रकाशित मिति :श्रावण ११ २०८२ आइतवार - ०९:४३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij