२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले केही शाखा कार्यालयहरूको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरू बिक्री गर्ने भएको छ ।
बैंकले आज एक सूचना जारी गर्दै काठमाडौं, भलवारी शाखा तिलोत्तमा कराहिया ०९, गोठाटार शाखा कागेश्वरी मनोहरा ०९, रुपन्देही र जनकपुर शाखा जनकपुरधाम उपमहानगरपालिका १७, धनुषा शाखा कार्यालयका आन्तरिक सजावट तथा त्यहाँ रहेका स्थिर सम्पत्तिहरु यथास्थितिमा बिक्री गर्नु पर्ने भएको जानकारी दिएको छ ।
बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त रहेको कार्यालय खरिद गर्न इच्छुक संघ संस्थालाई यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कमलादी स्थित कार्यालयको सामान्य सेवा विभागमा प्रस्ताव सकिने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij