२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ। बैंकले जारी गरेको ऋणपत्रमासाउन ६ गतेदेखि आवेदन सकिने भएको थियो ।
यो ऋणपत्रमा आज साउन ९ गतेसम्म आवेदन दिने म्याद रहेको थियो। तर, पर्याप्त आवेदन नपरेकोले अब यो ऋणपत्रमा साउन २० गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।
बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको हो । बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नबिल डिबेन्चर-२०८९’ जारी गर्न अनुमति दिएको छ।
बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्ने भएको छ भने बाँकी रहेको १२ लाख इकाइको सार्वजनिक निष्कासन गर्न लागेको हो।
सर्वसाधारणका लागि छुट्याइएको कुल इकाइमध्ये ५ प्रतिशतले ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी रहेको इकाइमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।
लगानीकर्ताले उक्त ऋणपत्रमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखासँगै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।
ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ९ गते हुने भएको छ। तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा निष्कासन मिति साउन २० गतेसम्म लम्बिन बैंकले जानकारी दिएको छ ।
नबिलको यो ८ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ता वार्षिक ७ प्रतिशत ब्याज पाउने छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij