Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

आज गठेमंगल फलामको औँठी किन्‍न असनमा भिडभाड

आज गठेमंगल फलामको औँठी किन्‍न असनमा भिडभाड


  • 799
    Shares

    आज गठेमंगल फलामको औँठी किन्‍न असनमा भिडभाड
    images

    काठमाडौं । काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाउने गरेका छन् । गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ ।

    बुधबार काठमाडौं उपत्यकाका विभिन्न टोल टोलमा बिहानै स्नान गरी घरलाई सफासुग्घर गरी फलामको औँठी लगाएका छन् । यो औठी लगाएपछि भूतप्रेत नलाग्‍ने जनविश्वास नेवारी समुदायमा छ ।  बिहानदेखि काठमाडौंको असन र इन्द्रचोकमा फलामको औंठी किन्‍नेको चहलपहल बढेको छ ।


    साथै साँझमा हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा राखिन्छ। साँझ परेपछि टोलका युवाहरू जम्मा भई आँगो बालेर भूत भगाउने गर्छन् । पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ ।

    किंवदन्ती अनुसार प्राचीन समयमा नेपालमण्डलमा गठामंगल नाम गरेको एउटा दानव थियो । त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने सर्वसाधारण मानिस मन पर्दैनथ्यो । उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैं कानमा घण्टी झुन्ड्याएर हिँड्ने गर्थ्यो। त्यसपछि उसलाई घण्टाकर्ण भन्न थालियो ।

    त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गर्थ्यो । उसको गतिविधिबाट सर्वसाधारण मानिस आतङ्कित थिए। एकदिन घण्टाकर्ण मर्यो, ऊ मरेपछि खुसियाली मनाउने क्रममा यो पर्व मनाउने प्रचलन रही आएको छ ।

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - १३:४७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij