Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

ढाकाको विद्यालय भवनमा विमान खस्यो, एक जनाको मृत्यु, २० जना अस्पताल भर्ना

ढाकाको विद्यालय भवनमा विमान खस्यो, एक जनाको मृत्यु, २० जना अस्पताल भर्ना


  • 2.4K
    Shares

    ढाकाको विद्यालय भवनमा विमान खस्यो,  एक जनाको मृत्यु, २० जना  अस्पताल भर्ना
    images

    काठमाडौं । बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । 

    स्थानीय समयअनुसार सोमबार १ बजेर १८ मिनेट जाँदा राजधानी ढाकाको उत्तरा क्षेत्रमा बंगलादेशी वायुसेनाको एफ ७ लडाकु विमान दुर्घटनामा परेको हो ।उक्त जहाजले वायुसेनाको प्रशिक्षणका लागि उडान भरेको थियो ।

    दुर्घटनामा घाइते भएका २० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ भने मृतक र घाइतेको पहिचान भने सार्वजनिक भइनसकेको बंगलादेशको प्रोथोम आलो अखबारको अनलाइन संस्करणले जानकारी गराएको छ । घाइतेलाई राष्ट्रिय जलन तथा प्लास्टिक सर्जरी प्रतिष्ठानमा भर्ना गरिएको प्रोथोम आलोले जनाएको छ ।

    बंगलादेशको ढाका ट्रिब्युन अनलाइनका अनुसार उक्त विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा ठोक्किएको हो । उक्त विमान ठोक्किएको भवनमा स–साना बालबालिका अध्ययन गर्दै आएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ । घाइते हुनेमा अधिकांश विद्यार्थी रहेका छन् ।

    यद्यपि विमान ठोक्किएका बेला भवनमा पठनपाठन भइसकेको दाबी गरिएको छ । विमान ठोक्किएको भवनमा आगलागी भएको  छ ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १४:४८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij