२०८२ भाद्र २ गते सोमवार
नयाँदिल्ली । भारतमा आज (सोमबार) ३ लाख ६८ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,४१७ जनाको मृत्यु भएको छ ।
भारतमा कूल संक्रमित संख्या १ करोड ९९ लाख पुगेको छ । जसमध्ये ३४.१३ लाख सक्रिय संक्रमित छन् । २ लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ ।
महाराष्ट्र, कर्नाटका, उत्तर प्रदेश, केरला, राजस्थान, गुजरात, छत्तिसगढ, आन्ध्र प्रदेश, तामिलनाडु र पश्चिम बंगालमा सर्वाधिक संक्रमित भेटिएका छन् ।
भारतको सर्वोच्च अदालतले आइतबार प्रभावित राज्यमा पूर्ण लकडाउन गर्न केन्द्र र राज्य सरकारलाई निर्देशन दिइसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij