Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


  • 1.1K
    Shares

    शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
    images

    काठमाडौं ।  शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ।     

    नेपाल धितोपत्र बोर्डको अनुमतिपछि बैंकले ‘शाइन रेसुंगा डिबेन्चर’ नामक ऋणपत्रका इकाइहरु बिक्री गर्न लागेको छ। बैंकले यस ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १ अर्ब रुपैयाँबराबरको १० लाख इकाइ जारी गर्ने भएको छ।

    बैंकले कुल इकाइमध्ये ६ लाख कित्ता इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ। बाँकी ४ लाख इकाइ सर्वसाधारणलाई छुट्याइएको छ। 

    सर्वसाधारणलाई छुट्याइएको इकाइमध्ये ५ प्रतिशतले हुन आउने २० हजार कित्ता इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको ३ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि जारी गरिने भएको छ।

    उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा ५ लाख इकाइका लागि आवेदन दिन सक्ने छन्।

    लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सक्ने छन्।

    ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ४ गते हुने छ भने तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा ऋणपत्रको निष्कासन समय साउन १४ गतेसम्म लम्बिन सक्ने बैंकले जानकारी दिएको छ  ।

    उक्त ऋणपत्र १० वर्षे अवधिको हो भने यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउने छन्।

     

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - ११:३८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij