Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल


  • 1.2K
    Shares

    राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष चयन गरेको छ ।

    शुक्रबारको बैठकले ढकाललाई सर्वसम्मत अध्यक्ष चयन गरेसँगै उनले पदभारसमेत ग्रहण गरेका छन् । ढकालसँग नेपाल राष्ट्र बैङ्कमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ ।

    पछिल्लो समय राष्ट्र बैङ्कको निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैङ्किग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार हुन् ।

    नवनियुक्त ढकाललाई बैङ्क सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललगायतले स्वागत गरेका थिए ।

    २०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्कले अहिले तीन सय नौ वटा शाखा कार्यालयमार्फत ७७ वटै जिल्लामा करिव ४७ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ ।

    बैङ्क आफ्नो सेवालाई समय सापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैङ्किग सेवा विकासमा केन्द्रित रहेको छ । 

    प्रकाशित मिति :श्रावण ३ २०८२ शनिवार - ०८:१०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij