Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर बिक्रीमा

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर बिक्रीमा


  • 1.2K
    Shares

    नेपाल इन्स्योरेन्सको हकप्रद शेयर बिक्रीमा

    काठमाडौं ।  नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर खुला गर्ने भएको छ। कम्पनीले साउन ६ गतेदेखि हकप्रद शेयर खुला गर्ने भएको हो । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ ।

    हाल कायम चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा ३४.७८ प्रतिशतले हुन आउने हकप्रद जारी गर्ने भएको छ। 

    कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्ने भएको छ।

    कम्पनीका शेयरधनीहरुले उक्त हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयर आवेदन दिन सक्नेछन्। 

    लगानीकर्ताहरुले धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबा साउन २६ गतेसम्म आवेदन दिन सक्ने छन्। 

    हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्ने भएको छ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ। हकप्रद बिक्रीपछि कम्पनीको न्यूनतम चुक्तापुँजी कायम हुने भएको छ।

     

    प्रकाशित मिति :श्रावण २ २०८२ शुक्रवार - १६:३५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij