Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख राहत दिने प्रदेश सरकारको निर्णय

कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख राहत दिने प्रदेश सरकारको निर्णय


  • 7.8K
    Shares

    कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख राहत दिने प्रदेश सरकारको निर्णय

    सुर्खेत ।  कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेका परिवारलाई एक लाख रूपैयाँ दिने भएको छ । 

    कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट नागरिकको मृत्यु भएमा परिवारलाई राहत स्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो । 

    ‘कोरोना संक्रमणबाट कुनै पनि व्यक्तिको मृत्यु भएमा उहाँका परिवारलाई एक लाख रूपैयाँ राहत दिने निर्णय गरेका छौं,’ प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले भनिन्, ‘विपद्को घडीमा व्यक्तिलाई राहत दिन यस्तो निर्णय गरिएको हो ।’

    सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत रकम उपलब्ध गराउने छ ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - ११:२४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij