२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायीक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन् ।
मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्याएको भन्दै सरकारले असार ३२ गते उनलाई सम्मान गरेको हो ।
नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विशेष व्यक्तिलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।
मुलुकको आर्थिक विकासमा विशेष योगदान गरी सरकारले प्रदान गर्ने सीआईपीजस्तो महत्वपूर्ण सम्मानबाट सम्मानित भएकोमा संघई बैंकले बधाई दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij