Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सानिमा बैंकको दराजसंग महाबचत बजार २०८२ योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग महाबचत बजार २०८२ योजनाका लागि सहकार्य


  • 1.1K
    Shares

    सानिमा बैंकको दराजसंग महाबचत बजार २०८२ योजनाका लागि सहकार्य

    काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग महाबचत बजार २०८२ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । 

    योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु ५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु ७५० सम्मको छुट प्राप्त गर्न सक्ने छन् । 

    यो योजना २०८२ श्रावण २ देखि १५ गतेसम्म १४ दिनका लागि लागू हुनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (EMI)सुविधा पनि प्राप्त गर्न सक्ने छन् । 

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offersमा उपलब्ध छ ।  
    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् । 

     

    प्रकाशित मिति :श्रावण १ २०८२ बिहिवार - १४:०२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij