Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

सपिङ मलमा भीषण आगलागी, कम्तीमा ६० जनाको मृत्यु, ५ दिनअघि मात्र खुलेको थियो नयाँ शपिङ मल

सपिङ मलमा भीषण आगलागी, कम्तीमा ६० जनाको मृत्यु, ५ दिनअघि मात्र खुलेको थियो नयाँ शपिङ मल


  • 2.6K
    Shares

    • images
    सपिङ मलमा भीषण आगलागी, कम्तीमा ६० जनाको मृत्यु, ५ दिनअघि मात्र खुलेको थियो नयाँ शपिङ मल

    काठमाडौं । इराकको अल(कुटस्थित वासितमा रहेको सपिङ मलमा बुधबार राति आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ।

    यो मल पाँच दिन अघि मात्र खोलिएको थियो। बुधबार राति मलमा आगलागी भएको थियो, जुन अहिले नियन्त्रणमा आएको छ। समाचार एजेन्सी रोयटर्सले वासितका गभर्नर मोहम्मद अल(मियाहीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

    सामाजिक सञ्जालमा भाइरल भिडिओमा विशाल भवनको ठूलो भाग आगोमय भएको देखिन्छ।  स्थानीयले आगो नियन्त्रण गर्न अग्नि नियन्त्रकलाई धेरै घण्टा लागेको बताएका छन्।

    एक अधिकारीले रोयटर्सलाई भने, ‘हामीले अहिलेसम्म ५९ शव पहिचान गरेका छौँ, तर एउटा शव यति नराम्ररी जलेको छ कि पहिचान गर्न सम्भव छैन।’ आगलागीको कारण थाहा हुन सकेको छैन।

    प्रकाशित मिति :श्रावण १ २०८२ बिहिवार - १३:३५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij