Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैंकहरुको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप, साउनभित्र जारी गर्दा हुने

बैंकहरुको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप, साउनभित्र जारी गर्दा हुने


  • 1.0K
    Shares

    बैंकहरुको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप, साउनभित्र जारी गर्दा हुने

    काठमाडौं ।  बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक प्रतिवेदन प्रकाशित गर्ने समय अवधिमा नेपाल राष्ट्र बैंक  बढाएको छ । । 

    केन्द्रीय बैंकले चौथो त्रैमास रिपोर्ट सार्वजनिक गर्नका लागि १५ दिन र अरु त्रैमास रिपोर्टका लागि ८ दिन समय बढाएको हो ।

    केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासको वित्तीय विवरण साउनभित्र प्रकाशित गरे हुने व्यवस्था गरेको छ । यसअघि १५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था  रहेको थियो ।

    त्यसैगरी अन्य त्रैमासको हकमा १५ दिनभित्र सार्वजनिक गर्नु पर्ने छ  भने यसभन्दा अघि ७ दिनको अवधि तोकिएको थियो ।

    ‘बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन हरेक त्रैमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्ने छ । ’

    प्रकाशित मिति :श्रावण १ २०८२ बिहिवार - १२:१३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij