२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले आज असार ३२ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको हो ।
नेपाल धितोपत्र बोर्डको अनुमतिपछि बैंकले ‘शाइन रेसुंगा डिबेन्चर’ नामक ऋणपत्रका इकाइहरु बिक्री गर्न लागेको छ। बैंकले यस ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १ अर्ब रुपैयाँबराबरको १० लाख इकाइ जारी गर्ने भएको छ।
बैंकले कुल इकाइमध्ये ६ लाख कित्ता इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ। बाँकी ४ लाख इकाइ सर्वसाधारणलाई छुट्याइएको छ।
सर्वसाधारणलाई छुट्याइएको इकाइमध्ये ५ प्रतिशतले हुन आउने २० हजार कित्ता इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको ३ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि जारी गरिने भएको छ।
उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा ५ लाख इकाइका लागि आवेदन दिन सक्ने छन्।
लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सक्ने छन्।
ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ४ गते हुने छ भने तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा ऋणपत्रको निष्कासन समय साउन १४ गतेसम्म लम्बिन सक्ने बैंकले जानकारी दिएको छ ।
उक्त ऋणपत्र १० वर्षे अवधिको हो भने यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउने छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij