Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साउनको लागि कुन बैंकको ब्याजदर कति ?

साउनको लागि कुन बैंकको ब्याजदर कति ?


  • 1.1K
    Shares

    साउनको लागि कुन बैंकको ब्याजदर कति ?

    काठमाडौं । बाणिज्य बैंकहरुले साउनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छे । 

    सञ्चालनमा रहेको २० बाणिज्य बैंकहरुमध्ये १३ वटाले ब्याजदर घटाएको छे भने ५ वटाको ब्याजदर स्थिर  हुँदा २ वटा बैंकले ब्याजदर बढाएको छे । 

    असारमा बैंकहरुले व्यक्तिगत मुद्धतीमा दिएको औषत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउनमा घटेर ६.७३ कायम भएको छ ।बैंकहरुको सूचनाअनुसार लक्ष्मी सनराइज बैंकको ६.५, ग्लोबल आईएमईको ६.२५, कुमारीको ६.७१, प्राइमको ६.५, नेपाल बैंकको ६.२५, सानिमाको ६.४ प्रतिशत ब्याजदर कायम भएको छ । 

    यस्तै, कृषि विकास बैंकको ब्याजदर ६.२९, एभरेस्ट बैंकको ६.३, राष्ट्रिय बाणिज्य बैंकको ६.२१, नेपाल एसबीआई बैंकको ६.३ प्रतिशत ब्याजदर कायम भएको छ । 

    यसैगरी एनएमबिको ७.५३, एनआईसी एसियाको ७.५३, हिमालयको ७.५ ,सिटिजन्सको ६.७५, नबिलको ७, इन्भेस्टमेन्ट मेगाको ७, सिद्धार्थको ६.७५, स्टान्डर्ड चार्टर्डको ७, माछापुच्छ्रेको ७, प्रभुको ७ प्रतिशत ब्याजदर कायम भएको छ । 

    साउन महिनाका लागि सार्वजनिक ब्याजदरले वित्तीय क्षेत्रको तरलता र बैंकिङ प्रणालीमा देखिएको स्थायित्व तथा मौद्रिक नीतिसँगको सम्बन्ध स्पष्ट संकेत गरेका छन्।

     

    प्रकाशित मिति :आषाढ ३२ २०८२ बुधवार - १०:२४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij