Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


  • 1.1K
    Shares

    सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
    images

    काठमाडौं । सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने असार ३२ गते अन्तिम दिन रहेको छ।

    बैंकले साढे २ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको हो। बैंकले ‘एसबीएल डिबेन्चर-२०९१’ नामक ऋणपत्र निष्कासन गर्न लागेको छ। बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

    बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र बिक्री गर्ने भएको छ। जसमा १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गर्न लागिएको छ।

    सर्वसाधारणले उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा समपूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्ने छन्ऋ भने ऋणपत्रत् १० वर्षे अवधिको रहेको छ। यसमा लगानीकर्ताले वार्षिक ७।५ प्रतिशत ब्याज पाउने छन्।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्ने छन्।

    ऋणपत्रको निष्कासन छिटोमा असार ३२ गते र ढिलोमा साउन ११ गते बैंकिङ समयपछि बन्द हुने भएको छ।

    प्रकाशित मिति :आषाढ ३२ २०८२ बुधवार - १०:१०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij