Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यी हुन् लगानीकर्तालाई उच्च प्रतिफल दिने बैंकहरू

यी हुन् लगानीकर्तालाई उच्च प्रतिफल दिने बैंकहरू


  • 8.8K
    Shares

    यी हुन् लगानीकर्तालाई उच्च प्रतिफल दिने बैंकहरू

    काठमाडौँ । लगानीकर्तालाई उच्च प्रतिफल दिने बैंकहरूको सूचीमा पुराना बैंकहरूलाई नयाँले उछिनेका छन् । चालु आर्थिक वर्ष २०७७/७८ को तेश्रो त्रैमाससम्मको वित्तीय प्रतिवेदन हेर्ने हो भने सेयरधनीहरूलाई सबैभन्दा बढी प्रतिफल दिनेमा एनआइसी एसिया बैंक रहेको छ ।

    एनआइसी एसियाले लगानीकर्तालाई २३.२६ प्रतिशत प्रतिफल दिएको छ । आक्रामक रूपमा व्यवसाय विस्तार गरिरहेको यो बैंक शाखा सञ्जालका हिसाबले पनि अगाडि छ । उसको पुँजी पर्याप्तता अनुपात ११.४४ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ११ प्रतिशत पुँजी पर्याप्तता अनुपात कायम गर्न निर्देशन दिएको छ । पुँजी पर्याप्तता अनुपात बढी राख्नेहरूको प्रतिफल केही कम छ । 

    रिटर्न अन इक्विटी अर्थात् लगानीकर्ताले पाउने प्रतिफल कुल आयमा सेयरधनीको स्वपुँजी लगानीले भाग गरेर निकालिन्छ । सेयरधनीको स्वपुँजी लगानी भन्नाले कम्पनीको सम्पत्तिमा यसको दायित्व कटाएर निकालिन्छ । त्यसकारण खुद सम्पत्तिमा प्राप्त हुने प्रतिफल दरका रूपमा यसलाई हेर्न सकिन्छ ।

    यो नै कम्पनीको कार्यसम्पादन मापन गर्ने प्रमुख औजार हो । लगानीको कार्यसम्पादन र प्रभावकारितालाई लगानीकर्ताले पाउने प्रतिफलदरले प्रतिनिधित्व गर्छ । उदाहरणका लागि खुद सम्पत्ति ३२ अर्ब २१ करोड रुपैयाँ रहेको ग्लोबल बैंकले लगानीकर्तालाई दिने प्रतिफलदर १६.६६ प्रतिशत छ जबकी त्यो भन्दा आधा कम १४ अर्ब ३९ करोड रुपैयाँ खुद सम्पत्ति रहेको सानिमा बैंकले यसका लगानीकर्तालाई झण्डै २० प्रतिशत प्रतिफल दिइरहेको छ । रिटर्न अन इक्विटी उच्च हुनुले उक्त कम्पनीको नाफा गर्ने क्षमता (प्रोफिट्याबिलिटी) उच्च रहेको जनाउँछ । 

    एनआइसी एसिया बैंक जसरी व्यवसाय विस्तारमा आक्रामक नहुँदा पनि सानिमा बैंकले यसका लगानीकर्तालाई लोभलाग्दो प्रतिफल दिएको छ । सानिमा बैंकमा लगानीको प्रतिफलदर १९.७३ प्रतिशत छ । यो बैंकले पुँजी पर्याप्तता अनुपात झण्डै १४ प्रतिशत राखेको छ । पुँजी पर्याप्तता नियामकीय सीमाभन्दा केही माथि हुँदा पुँजी उपयोगविहीन सञ्चित भएका कारण पनि प्रतिफल केही कम देखिन्छ । एनआइसी एसिया बैंककै जसरी नियामकीय आवश्यकता अनुसारको पुँजी पर्याप्तता कायम गर्ने हो भने सानिमा बैंकले प्रतिफल २० प्रतिशत माथि लैजान सक्ने देखिन्छ । क्यापिटल कन्जरभेसन बफरले बैंक तथा वित्तीय संस्थालाई सुदृढ गरेपनि नियामकीय सीमाभन्दा धेरै पुँजी पर्याप्तता अनुपात कायम गर्ने स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको प्रतिफलदर सोही कारण पनि केही कम भएको देखिन्छ । 

    सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूमा औसत प्रतिफलदर १३.८१ प्रतिशत रहेकोमा १० ओटा बैंकले सो भन्दा माथि प्रतिफल दर कायम गरेका छन् । जसमा एनआइसी र सानिमा बैंकका अतिरिक्त सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, प्राइम बैंक, नबिल बैंक, ग्लोबल आइएमइ, एनबी (नेपाल बंगलादेश) बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, माछापुछ्रे बैंक, मेगा र कुमारी बैंक रहेका छन् । सबैभन्दा न्यून प्रतिफलदर रहेका पाँच बैंकमा सेञ्चुरी बैंक, सिभिल बैंक, नेपाल एसबीआई बैंक, नेपाल बैंक र कृषि विकास बैंक रहेका छन् । 

    बैंक

    नेटवर्थ (रुपैँया)

    नाफा २०७७ चैत मसान्त

    (रुपैँया)

    रिटर्न अन इक्विटी

    (स्वपुँजी प्रतिफल) %

     

    पुँजी पर्याप्तता अनुपात %

    शाखा संख्या

    एनआइसी एसिया

    २० अर्ब २३ करोड

    ३ अर्ब ४८ लाख

    २३.२६

    ११.४४

    २५५

    सानिमा बैंक

    १४ अर्ब ३९ करोड

    १ अर्ब ८५ करोड

    १९.७३

    १३.९९

    ८६

    राष्ट्रिय वाणिज्य बैंक

    २६ अर्ब ८१ करोड

    ३ अर्ब २७ करोड

    १८.५२

    १२.८८

    २४२

    प्रभु बैंक

    १७ अर्ब ३४ करोड

    २ अर्ब १० करोड

    १८.४६

    ११.५३

    २१३

    प्राइम बैंक

    २३ अर्ब ४६ करोड

    २ अर्ब ८१ करोड

    १८.२०

    १४.०७

    १९१

    नबिल बैंक

    ३१ अर्ब ६९ लाख

    ३ अर्ब ६७ करोड

    १७.९५

    १२.२८

    ११९

    ग्लोबल आइएमइ बैंक

    ३२ अर्ब २१ करोड

    ३ अर्ब ५७ करोड

    १६.६६

    १३.२२

    २७२

    एनबी बैंक

    १४ अर्ब ८९ करोड

    १ अर्ब ६३ करोड

    १६.४७

    १३.७७

    ९९

    एनएमबी बैंक

    २३ अर्ब ७२ करोड

    २ अर्ब ५१ करोड

    १५.८२

    १३.२८

    १८०

    सिद्धार्थ बैंक

    १९ अर्ब ९३ करोड

    २ अर्ब ६ करोड

    १५.४१

    १३.३७

    १८९

    माछापुछ्रे बैंक

    १२ अर्ब ६१ करोड

    १ अर्ब २९ करोड

    १५.२

    ११.७५

    १६०

    मेगा बैंक

    १९ अर्ब ९० करोड

    १ अर्ब ९७ करोड

    १४.६६

    १२.२२

    १८५

    कुमारी बैंक

    १८ अर्ब ८० करोड

    १ अर्ब ८० करोड

    १४.१९

    १३.९८

    १९२

    नेपाल इन्भेष्टमेण्ट  बैंक

    ३० अर्ब ३५ करोड

    २ अर्ब ८४ करोड

    १३.८०

    १४.७८

    ८६

    सिटीजन्स बैंक

    १७ अर्ब १२ करोड

    १ अर्ब ५४ करोड

    १३.२२

    १३.८६

    १६७

    लक्ष्मी बैंक

    १६ अर्ब २५ करोड

    १ अर्ब २८ करोड

    ११.४७

    ११.७२

    १२७

    सनराइज बैंक

    १४ अर्ब ४५ करोड

    १ अर्ब १३ करोड

    ११.३१

    १३.९१

    १३९

    एनसीसी बैंक

    १४ अर्ब २६ करोड

    १ अर्ब १० करोड

    ११.१६

    १३.७८

    १२८

    स्ट्याण्डर्ड चार्टर्ड बैंक

    १६ अर्ब २ करोड

    १ अर्ब १८ करोड

    १०.६३

    १७.८६

    १२

    बैंक अफ काठमाडौँ

    १५ अर्ब ९७ करोड

    १ अर्ब १६ करोड

    १०.५३

    १३.८८

    ९०

    एभरेष्ट बैंक

    २१ अर्ब

    १ अर्ब ५० करोड

    १०.३१

    १२.८२

    १००

    हिमालयन बैंक

    १८ अर्ब ३५ करोड

    १ अर्ब २८ करोड

    १०.०५

    १३.१९

    ७०

    कृषि विकास बैंक

    ३० अर्ब ५६ करोड

    २ अर्ब ७ करोड

    ९.७

    २१.१

    २७६

    नेपाल बैंक

    ३४ अर्ब १४ करोड

    २ अर्ब २६ करोड

    ९.४६

    १३.६७

    २१२

    नेपाल एसबीआई बैंक

    १५ अर्ब ३१ करोड

    ८७ करोड ८६ लाख

    ८.१२

    १४.१५

    १०३

    सिभिल बैंक

    १० अर्ब ६६ करोड

    ५० करोड २५ लाख

    ६.५९

    ११.४३

    ११४

    सेञ्चुरी बैंक

    १० अर्ब ६४ करोड

    ३५ करोड ८१ लाख

    ४.६४

    १२.३३

    १२२

    (आ.व.२०७७–७८ को चैत मसान्तसम्मको वित्तीय विवरणमा आधारित)

     

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १५:३७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij