Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

१७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको आरोपमा बालगृहका प्रमुख पक्राउ

१७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको आरोपमा बालगृहका प्रमुख पक्राउ


  • 2.2K
    Shares

    • images
    १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको आरोपमा बालगृहका प्रमुख पक्राउ

    काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिका-३ मा सञ्चालित बालगृहमा १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको आरोपमा बालगृहका प्रमुख अधिकृत पक्राउ परेका छन् ।

    सांग्रिला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित बालगृहका ४८ वर्षीय प्रमुख मधुसूदन राउतलाई प्रहरीले काठमाडौंको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव डीएसपी श्यामु अर्यालले शनिबार राउतलाई मकवानपुर ल्याइएको आइतबार म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइने बताएका छन्।

    पीडित किशोरी ४ वर्षदेखि उक्त बालगृहमा बस्दै आएकी थिइन् । असार ८ गते किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध जाहेरी दर्ता गरेकी थिइन् ।

    बालगृहमा हाल १५ जना बालिकाहरू रहेका छन् । घटना सार्वजनिक भएपछि बालगृहको व्यवस्थापन, सुरक्षा स्थिति तथा सञ्चालन प्रक्रिया प्रश्नको घेरामा परेको छ । 

    प्रकाशित मिति :आषाढ २९ २०८२ आइतवार - १३:४०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij