२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएकोे छे ।
एक महिनाको अवधिमा बैंक हरूको नाफा ६ अर्ब १७ करोड ८७ लाख रुपैयाँले बढेको छ । वैशाखमा वाणिज्य बैंकहरूले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
सार्वजनिक तथ्यांकअनुसार गत वर्ष यस अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए भने अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ४.९७ प्रतिशतले घटेको छ।
नाफा कमाउने पहिलो वाणिज्य बैंकमा नबिल बैंक रहेको छ । नबिल बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने ग्लोबल आइएमई बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५ अर्ब ६८ करोड ८१ लाख, एनएमबि बैंकले ३ अर्ब ३ करोड ११ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ९० करोड ५० लाख, एभरेष्ट बैंकले ४ अर्ब २४ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब २१ करोड ८१ लाख, लक्ष्मी सनराइज बैंकले २ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छे।
त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७२ करोड ६२ लाख, प्रभु बैंकले २ अर्ब २१ करोड २० लाख, एनआईसी एसिया बैंकले ८२ करोड ५७ लाख रुपैयाँ र कुमारी बैंकले ३७ करोड १० लाख, माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड ९२ लाख राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड २४ लाख रुपैयाँ, सानिमा बैंकले २ अर्ब १५ करोड ५६ लाख रुपैयाँ र कृषि विकास बैंकले १ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
साथै, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड १४ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब ५४ करोड ९२ लाख र हिमालयन बैंकले ९० करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij