Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै


  • 1.3K
    Shares

    राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।  शुक्रबार नै सञ्चालक समिति ९बोर्ड० बैठकले मौद्रिक नीति पारित गरी १२ः २० बजे आगामी आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिए । 

    उनका अनुसार १२ः २० बजे नेपाल टेलिभिजन र बैंकको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ । सञ्चालक समितिले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पारित गरेको छ । 

    अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य र देशको वर्तमान आर्थिक अवस्था तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको छ ।

    सम्भवतः राष्ट्र बैंकले पहिलो पटक आर्थिक वर्ष सुरु नभई असारको अन्तिम साता मौद्रिक नीति ल्याउन लागेको छ । मौद्रिक नीति आर्थिक वर्ष सुरु भएपछि साउनको पहिलो साता जारी गर्ने तयारी थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेल गभर्नर भएपछिको पहिलो मौद्रिक नीति ल्याउन लागेका हुन् ।

    प्रकाशित मिति :आषाढ २७ २०८२ शुक्रवार - ११:००:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij