Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न


  • 1.1K
    Shares

    गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेडले मिति २०८२ साल असार २२ गते आइतबार हरिशयनी एकादशीको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न ६ स्थानमा धार्मिक र वातावरणीय दृष्टिकोणले विशेष महत्व राख्ने बर र पिपलका बिरुवाहरूको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

    कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जा जिल्लाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट र छाँयाक्षेत्र शिवमन्दिर परिसर तथा दाङ्ग जिल्लाको मोतिपुर पुल क्षेत्रमा बर र पिपल वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । विकास बैंकले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा विकास बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवी, विकास बैंकका कर्मचारी, शेयरधनी महानुभावहरु तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । 

    यस किसिमका कार्यले वातावरण संरक्षण, हरित विकासको प्रवद्र्धनका साथै धार्मिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विकास बैंकले विश्वास लिएको छ ।

     बृक्षारोपण गरिएको क्षेत्रलाई आगामी दिनमा बर–पिपल चौतारीको रुपमा विकास तथा संरक्षण गर्ने लक्ष्य समेत रहेको छ । यस विकास बैंकले दिगो विकास, वातावरणीय सन्तुलन र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ । 

     

    प्रकाशित मिति :आषाढ २४ २०८२ मंगलवार - ११:२८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij