Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न सक्ने

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न सक्ने


  • 1.6K
    Shares

    प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न सक्ने
    images

    काठमाडौं ।  प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले २१ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको हो।

    बैंकले आफ्ना सेयरधनीको नाममा रहेको २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ ।

    उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्ने छन्  भने सेयरको बिक्री मूल्य उल्लेख गरिएको छैन् ।

    यसअघि संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिएर सेयर बिक्रीमा ल्याएको थियो । तर,  संस्थापकहरुबाट सेयर खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्रीमा ल्याएको  बैंकले जानकारी दिएको छ ।

    सेयर खरिद गर्न इच्छुक संस्थापकले आज असार २३ गतेबाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा आवेदन पेश गर्न सक्ने छन् ।

    प्रकाशित मिति :आषाढ २३ २०८२ सोमवार - १२:३१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij