२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल एसबीआई बैंकले ऋणपत्र जारी गर्ने भएको छ। बैंकले असार ३० गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
बैंकले ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्कासन गर्न लागेको हो। बैंकले यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गर्ने भएको छ। बैंकको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउने छन्।
बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्ने भएको छ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिने छ।
लगानीकर्ताले उक्त ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १२ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट पनि आवेदन दिन सकिने छ।
उक्त ऋणपत्र निष्कासन बन्द छिटोमा साउन १ गते हुने छ भने समयभित्र पर्याप्त आवेदन नपरेको खण्डमा निष्कासन अवधि साउन १२ गतेसम्म लम्बिन सक्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij