Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एक महिनामै जीवन बीमा कम्पनीहरुले उठाए १४ अर्ब ६९ करोड बीमाशुल्क, कुन कम्पनीले कति गरे संकलन ?

एक महिनामै जीवन बीमा कम्पनीहरुले उठाए १४ अर्ब ६९ करोड बीमाशुल्क, कुन कम्पनीले कति गरे संकलन ?


  • 1.1K
    Shares

    एक महिनामै जीवन बीमा कम्पनीहरुले उठाए १४ अर्ब ६९ करोड बीमाशुल्क,  कुन कम्पनीले कति गरे संकलन ?

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेकोे तथ्याङक अनुसार आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा जीवन बीमा कम्पनीहरुले १४ अर्ब ६९ करोड माथि बीमाशुल्क आर्जन गरेको छ । 

    सार्वजनिक तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ४ लाख ३६ हजार ९७५ वटा बीमा पोलिसी बिक्री गरी १४ अर्ब ६९ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

    सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले यस अवधिमा ४ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने दोस्रोमा नेशनल लाइफ रहेको छ । जसले  १ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

    एलआइसी नेपाल कम्पनीले १ अर्ब ६६ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ९२ करोड ७७ लाख रुपैयाँ हिमालयन लाइफले १ अर्ब ४२ करोड रुपैयाँ, मेट लाइफले ५५ करोड ८० लाख रुपैयाँ, एशियन लाइफले ७२ करोड ५ लाख रुपैयाँ, आइएमई लाइफले ५३ करोड ९ लाख रुपैयाँ र  सन नेपाल लाइफले ३२ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

    त्यसैगरी सिटिजन लाइफले ६४ करोड ६९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५६ करोड ५१ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ३३ करोड ४८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४० करोड ९६ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ४४ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  

    प्रकाशित मिति :आषाढ १९ २०८२ बिहिवार - १०:५१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij