Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बचत खातामा दिँदै आएको बीमा सुविधा स्थगित गर्दै कुमारी बैंक

बचत खातामा दिँदै आएको बीमा सुविधा स्थगित गर्दै कुमारी बैंक


  • 1.6K
    Shares

    बचत खातामा दिँदै आएको बीमा सुविधा स्थगित गर्दै कुमारी बैंक

    काठमाडौं । कुमारी बैंकले सार्वजनिक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको श्रावण ३१ गतेपछि विभिन्न बचत खातामा दिँदै आएको बीमा सुविधा स्थगित गर्ने भएको छ। 

    बैंकले प्रदान गरिँदै आएको बीमा सुविधा स्थगित गर्ने भएको हो । बैंकले हालसम्म परिवार सुरक्षा बचत खाता, कुमारी प्रिमियम तलब खाता, र कुमारी रेमिट प्रिमियम खाता जस्ता विशेष खातामार्फत ७ लाखदेखि २६ लाख रुपैयाँसम्मको बीमा सुविधा दिँदै आएको थियो भने यी खाताहरूमा बीमा सुविधा यथावत् कायम रहने भएको छ।

    ती खाताबाहेक अन्य सबै खाताहरूमा २०८२ सालको श्रावण ३१ गतेपछि बीमा सुविधा लागू नहुने स्पष्ट गरिएको बैंकले जानकारी दिएको छ। साथै, असार १७ गतेपछि खोलिएका नयाँ खाताहरूमा बीमा सुविधा समावेश नहुने बैंकले जानकारी दिएको छ ।

    बैंकले स्पष्ट पारे अनुसार, बीमा सुविधामा पहिल्यै समावेश भइसकेका ग्राहकहरूले भने श्रावण ३१ गतेसम्मको स्वास्थ्य उपचार खर्चको बिल पेश गरी बीमा दाबी गर्न सक्ने छन्।

     

    प्रकाशित मिति :आषाढ १८ २०८२ बुधवार - १२:०४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij