Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कुन हो मिठो आँप, कुन समयमा खाने ?

कुन हो मिठो आँप, कुन समयमा खाने ?


  • 1.2K
    Shares

    • images
    कुन हो  मिठो आँप, कुन समयमा खाने ?
    images

    काठमाडौं । नेपाल र भारतमा पाइने अल्फान्सो ‘हापुस’ सबैभन्दा स्वादिष्ट र मिठो आँपको रूपमा चिनिन्छ । यो आँपको गुलियो स्वाद,  हेर्दा रसिलो बनावट र सुगन्धले गर्दा यो धेरैको रोजाइमा पर्छ ।

    दशहरी, मालदह, र केसर पनि निकै लोकप्रिय छन्। । यी आँपहरू गुलियो, कम रेशा भएको, र रसिलो हुन्छन् । तराई क्षेत्रमा पाइने मालदह र बम्बई आँप पनि धेरैले मिठो मान्छन् ।

    विषादी भएको आँपबाट होसियार
    कतिपय आँपमा निलो, कालो वा सेतो दागहरू छन् भने त्यो विषादी भएको आँप हुन् । सो आँप खाँदा तत्काल वाकवाकी, पेट दुख्ने र चक्कर लाग्ने जस्ता स्वास्थ्य समस्या देखिन सक्छन्।

    लामो समयसम्म यस्ता विषादीको सम्पर्कले क्यान्सर, हर्मोन असन्तुलन र प्रजनन समस्याहरू निम्त्याउन सक्छ।

    रसायनको प्रयोगबाट पाकेको आँपको बास्ना निकै कम हुन्छ र कुनैमा आँपमा त बास्ना नै हुँदैन । तर प्राकृतिक रूपमा पाकेको आँपको मिठो बास्ना हुन्छ ।

    आँप कुन समयमा खाने ?
    उपयुक्त समय व्यक्तिको स्वास्थ्य, पाचन प्रणाली र दिनचर्यामा निर्भर हुन्छ । आँपमा चिनी र कार्बोहाइड्रेटको मात्रा उच्च हुन्छ, जसले ऊर्जा प्रदान गर्छ। त्यसैले, बिहानको खाजा वा दिउँसोको खाजाको समयमा खानु उपयुक्त हुन्छ ।

    खाना खाएको १–२ घण्टा पछि आँप खानु राम्रो हुन्छ । भारी खाना खाएको तुरुन्तै आँप खानु उपयुक्त हुँदैन, किनकि यसले पाचनमा गडबडी ल्याउन सक्छ ।

    आँपमा पाइने पोषक तत्त्व
    आँप भिटामिन सी, भिटामिन ए, भिटामिन ई, फोलेट, भिटामिन बी ६ का साथै कपर, म्याग्नेसियम जस्ता खनिजको राम्रो स्रोत हो ।

    प्राकृतिक रूपमा पाकेको आँपको तुलनामा रासायनिक तरिकाले पकाएको आँपमा भिटामिन ए, भिटामिन सी र अन्य पोषक तत्त्वको मात्रा कम हुन्छ ।

     

     

    प्रकाशित मिति :आषाढ १८ २०८२ बुधवार - १०:३०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij