Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सुमनाको आक्रोश : शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं

सुमनाको आक्रोश : शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं


  • 1.2K
    Shares

    सुमनाको आक्रोश : शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक होल्ड गरेर राजनीतिक नखेल्न आग्रह गरेकी छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि समितिको छलफलमा बोल्दै सांसद श्रेष्ठले विधेयक संसदमा पेस गर्न रोकेर समितिलाई दोषी नदेखाउन खोजिएको आरोप लगाइन् ।

    सोमबार शिक्षक पदपूर्तिको कोटामा नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको छलफल निष्कर्षविहीन भएको थियो ।
    महासंघसँग सहमति गरेर समितिबाट पास गराइ प्रतिनिधि सभामा पेश गर्ने तयारी थियो ।

    तर, विधेयक समितिमै अड्काउन खोजिएको भन्दै सांसद श्रेष्ठले शिक्षकहरुलाई दलीय स्वार्थ र भोट बैंक बनाउन खोजिएको आरोप लगाइन् । कानुन सांसदले निर्माण गर्ने भन्दै उनले स्वार्थ समूह सक्रिय भएको संकेत गरिन् ।

    उनले भनिन्, सांसदले कानून बनाउने हो, इन्ट्रेस्ट ग्रुपले बनाउने होइन ।’ शिक्षक महासंघले समेत शिक्षकहरुका एजेन्डा छाड्दै मुद्दालाई कमजोर बनाएको उनको तर्क थियो ।

    ‘इसीडी कर्मचारीको कुरा महासंघले छोडेको छ, कसको लागि काम गरिरहेको छ ? कार्य सम्पन्न मुल्लाकंन ९० प्रतिशत राखेको छ, निजामतीको ९५ प्रतिशत छ’ उनल भनिन्, ‘सहमति भइसकेको यो विषयमा उल्टाउदै जाने हो भने, जे सहमति भएको छ त्यो फुल हाउसमा लैजाउ । ’

    समितिलाई दोष दिने प्रपन्च भएको आरोप लगाउँदै उनले विधेयक होल्ड गरेर ‘पोलिटिकल गेम’ नखेल्न भन्दै आक्रोश पोखिन् ।

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - १६:११:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij