२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंलाई ¥याफ्ट बोट तथा उद्वार सामाग्रीहरु प्रदान गरेको छ ।
कार्यक्रममा बैंकका अध्यक्ष, श्री जयती बन्सलले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, श्री शिद्धी बिक्रम शाहलाई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारी, संचालक, श्री रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख जोखिम अधिकृत, श्री विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री रितेश अर्याल तथा नेपाल प्रहरीका वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले प्राकृतिक बिपद् न्यूनिकरण तथा व्यवस्थापनका लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij