Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्वास्थ्य मन्त्रालयले भन्यो- २२ जिल्लामा थेग्नै नसक्ने गरी संक्रमण बढिसक्यो, जनस्वास्थ्यका मापदण्ड पालना गरिदिनुस्

स्वास्थ्य मन्त्रालयले भन्यो- २२ जिल्लामा थेग्नै नसक्ने गरी संक्रमण बढिसक्यो, जनस्वास्थ्यका मापदण्ड पालना गरिदिनुस्


  • 9.9K
    Shares

    स्वास्थ्य मन्त्रालयले भन्यो- २२ जिल्लामा थेग्नै नसक्ने गरी संक्रमण बढिसक्यो, जनस्वास्थ्यका मापदण्ड पालना गरिदिनुस्

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ वटा जिल्लामा थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेकाले सतर्क रहन अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको हो ।

    मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कंचनपुरमा संक्रमण उच्च दरमा फैलिरहेको छ । 

    'यी जिल्लामा संक्रमण फैलने दर डरलाग्दो गरी बढीरहेको छ । स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'त्यसैले सबै दाजुभाई दिदी बहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ ।'

    संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू मास्क लगाउने भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने उपाय अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।

    'जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशिल भई कडा रुपमा पालना गर्नु गराउनु पर्नेछ,' विज्ञप्तिमा भनिएको छ, 'देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबै जना संवेदनशील बनिदिनुहुन हार्दिक अपिल छ ।'

    यसका साथै मन्त्रालयले कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाहय पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगर्नु नगराउनुहुन, कुनै पनि सार्वजनिक स्थलहरुमा जाने भिडभाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु गर्न अत्यन्त जरुरी रहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

    swastyaa.jpg

    प्रकाशित मिति :बैशाख १८ २०७८ शनिवार - १०:१३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij