Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आज साँझबाट तीन दिन देशभर भारीदेखि धेरै भारी वर्षा हुने

आज साँझबाट तीन दिन देशभर भारीदेखि धेरै भारी वर्षा हुने


  • 2.0K
    Shares

    आज साँझबाट तीन दिन देशभर भारीदेखि धेरै भारी वर्षा हुने
    images

    काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । आजबाट तीन दिन पश्चिम नेपालमा धेरै वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

    कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    यसैबीच, आज शनिबार साँझदेखि सोमबार बिहानसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । 

    कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानमा तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    बंगालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको साथै त्यस क्षेत्रहरूमा न्यूनचापीय प्रणालीको प्रभावको कारण तीन दिन मनसुन थप सक्रिय हुँदा धेरै वर्षा हुने भएको विभागले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ १४ २०८२ शनिवार - ०५:२९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij