Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

शेर वहादुरदेउवाको छोराले दिएको जाहेरीमा थुनिएका राप्रपाका युवानेता २५ हजार धरौटीमा रिहा

शेर वहादुरदेउवाको छोराले दिएको जाहेरीमा थुनिएका राप्रपाका युवानेता २५ हजार धरौटीमा रिहा


  • 1.7K
    Shares

    • images
    शेर वहादुरदेउवाको छोराले दिएको जाहेरीमा थुनिएका राप्रपाका युवानेता २५ हजार धरौटीमा रिहा

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयवीरसिंह देउवाको जाहेरीमा थुनिएका राप्रपाका युवा नेता सुजित केसी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोडेको हो ।

    देउवापुत्रले हिल्टन होटल खरिद गरेको स्टाटस लेखेपछि उनीविरुद्ध जाहेरी परेको थियो । आज भएको थुनछेक बहसमा न्यायाधीस विष्णु प्रसाद अवस्थितको इजलासले आज उनर्ला धरौटीमा छोड्ने आदेश गरेको हो ।

    केसीको तर्फबाट नेपाल बारका पूर्व अध्यक्ष गोपालकृष्ठा घिमिरे, वरिष्ठ अधिवक्ता राजु बस्नेत, नेपाल बारका महासचिव केदार कोइराला लगायतले बहस गरेका थिए ।

    देउवापुत्र जयवीरले केसीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा निवेदन र किटानी जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोवार अन्तर्गत अभियोगपत्र दर्ता गरेको थियो । सोही आधारमा केसीलाई प्रहरीले पक्राउ गरी म्याद थपेर हिरासतमा राखेको थियो ।

    तर केसीका परिवारले हालेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाइ गर्दै सर्वोच्च अदालतले सुनवाइ गर्दै उनलाई थुनामुक्त गरिदिएको थियो । थुनामुक्त हुनुअघि केसीले ६ दिन काठमाडौं प्रहरी परिसरको हिरासतमा बिताएका थिए ।

    जयवीरकै नामबाट जाहेरी दिए पनि अभियोगपत्र दर्ता गर्दा भने उनको नाम लुकाइएको छ । प्रहरीले जयवीरलाई परिवर्तित नाम ‘साइबर ब्यूरो ५५’ दिएर अभियोगपत्र बनाएको हो ।

    अभियोगपत्रमा केसीबाट मनासिब क्षतिपूर्ति पनि जयवीरलाई भराउनुपर्ने मागदावी गरिएको छ । साथै, पीडीत राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउनुपर्ने पनि अभियोगपत्रमा उल्लेख छ । काठमाडौंको पाँचतारे हिल्टन होटल खरिद गरेको भन्ने केही मिडियामा आएको समाचारका आधारमा केसीले स्टाटस लेखेका थिए ।

    उनको स्टाटस यस्तो थियोः

    भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाका छोरा जयवीर सिंह देउवाले काठमाडां नक्साल स्थित हिल्टन होटल खरिद गरेका छन् ।

    यो स्टाटस केही समयपछि उनी आफैंले हटाएका थिए । आफूले सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायत केही मिडियाबाट जयवीरले ८ अर्बभन्दा बढी मूल्य पर्ने होटल खरिद गरेको थाहा पाएपछि यसप्रति असन्तुष्टि जनाउन स्टाटस लेखेको बयान केसीले प्रहरीलाई दिएका छन् । यद्यपि, उक्त समाचार सत्य नभएको कुराहरु आएपछि आफूले स्टाटस हटाएको उनको भनाइ छ ।

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - १५:४३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij