Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

विशेष अदालतमा माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु हुँदै

विशेष अदालतमा माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु हुँदै


  • 1.6K
    Shares

    • images
    विशेष अदालतमा माधव नेपालको बयान सकियो,  थुनछेक बहस सुरु हुँदै

    काठमाडौं । पतञ्जली जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै बुधबार विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान सकिएको छ । 

    न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बयान सकिएको हो । ‘टी ब्रेक’अघि बयान सकिएको र अब केहीबेरमा थुनछेक बहस हुने नेपाल पक्षका एक अधिवक्ताले बताए छ । 

     नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी,खम्मबहादुर खातीलगायत १२० जनाले बहसका लागि नाम टिपाएका छन् । तर, थुनछेक बहस लम्बिएमा आज नेपाल न्यायिक हिरासतमा बस्नुपर्ने हुनसक्ने भएकाले नेपालको तर्फबाट केही कानुन व्यवसायीले मात्रै बहस गर्ने बताइएको छ । 

    यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाटबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहितले बहस गर्दै छन् । अख्तियारले पन्तलाई बहसका लागि निजी वकिलका रूपमा नियुक्त गरेको छ ।

    थुनछेक बहस आजै सक्नेगरी तयारी भइरहेको स्रोतको भनाइ छ । अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा घोटाला प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - १३:१८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij