Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

राज्य व्यवस्था तथा सुशासन समिति बैठक

निजामती विधेयक अगाडि बढाउन ढिलाई, एमालेकै सांसद असन्तुष्ट

निजामती विधेयक अगाडि बढाउन ढिलाई, एमालेकै सांसद असन्तुष्ट


  • 1.6K
    Shares

    • images
    निजामती विधेयक अगाडि बढाउन ढिलाई, एमालेकै सांसद असन्तुष्ट

     काठमाडौं । प्रतिनिधिसभामा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अड्किएको छ । यसप्रति सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद नै असन्तुष्ट भएका छन् ।

    प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलमा एमालेका सांसद बासुदेव घिमिरेले निजामती विधेयकको विषय उठाएका हुन् ।

    ‘यहाँबाट पास भएर जाने र माथि (प्रतिनिधिसभामा) गएर किन अड्किरहेको भनेर पनि प्रश्न आइरहेको छ’ सांसद घिमिरेले समिति सभापति रामहरि खतिवडाको ध्यानाकर्षण गरे ।

    राज्य व्यवस्था समितिबाट पास भएका गएको विधेयकमा रहेका केही महत्त्वपूर्ण विषय चलाउन खोजिएको भनेर कतिपयले आशंका गरेको भन्दै ख्याल गर्न पनि सभापति खतिवडालाई आग्रह गरे ।

    निजामती विधेयकमा राजय व्यवस्था समितिले राखेका केही मूलभूत विषय नै चलाउन लागिएको भन्ने सुनिएको भनेर उनले सभापति खतिवडाको ध्यानाकर्षण गरेका हुन् ।

    यो विधेयक २१ फागुन २०८० मा आएको थियो । सभामा आएर दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेको थियो ।

    २१ फागुन २०८० मा संसदमा आएको उक्त विधेयक राज्य व्यवस्था समितिले २ जेठ २०८२ मा पास भएर अगाडि बढेको हो । यो विधेयक १ असार २०८२ मा पेस भएको थियो ।

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - १२:३०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij