Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल राष्ट्र बैंकले आज पनि थप ५० अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले आज पनि थप ५० अर्ब तान्दै


  • 1.1K
    Shares

    नेपाल राष्ट्र बैंकले आज पनि थप ५० अर्ब तान्दै

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज पनि ५० अर्ब रुपैयाँ तान्ने भएको छ।  पहिलोपटक ६३ दिनका लागि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तान्ने भएको छ। 

    यसअघि केन्द्रीय बैंकले अधिकतममा ४२ दिनसम्मका लागि तरलता प्रशोचन गरेको थियो। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको छ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने छन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नु पर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागीता जनाउन पाउने छन्।

     

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - १०:१८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij