Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सुर्खेतका ९ वटै पालिकाले गरे बजेट सार्वजनिक, कुन पालिकाको कति बजेट ?

सुर्खेतका ९ वटै पालिकाले गरे बजेट सार्वजनिक, कुन पालिकाको कति बजेट ?


  • 1.7K
    Shares

    सुर्खेतका ९ वटै पालिकाले गरे बजेट सार्वजनिक, कुन पालिकाको कति बजेट ?
    images

    पुर्ण सार्की/ कर्णाली । सुर्खेतका ९ वटै पालिकाले आफ्नो आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत बजेट कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित रहेको दावी गरिएको छ ।

    प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी वर्षका लागि ४ अर्ब ३८ करोड २७ लाख १५ हजारको बजेट नगर उपप्रमुख निलकण्ठ खनालले सार्वजनिक गरेका हुन् । जसमा चालूतर्फ १ अर्ब ५९ करोड ४२ लाख ३० हजार (३६.३७ प्रतिशत) र पूँजीगततर्फ २ अर्ब ७८ करोड ८४ लाख ८५ हजार (६३.६३ प्रतिशत) विनियोजन गरिएको खनालले बताए
    त्यस्तै गुर्भाकोट नगरपालिकाले एक अर्ब एक करोड ६७ लाख ९५ हजार बराबरको बजेट ल्याएको छ ।

    जसमा पूँजिगततर्फ ३९ करोड १ लाख र चालुतर्फ ६१ करोड ८६ लाख ७२ हजार बजेट छ । यस्तै, बराहताल गाउँपालिकाको १७ औं गाउँसभाले ६३ करोड सात लाख ४ हजार नौ सय ९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ । यस्तै, लेकवेशी नगरपालिकाले ६१ करोड ५१ लाख २ हजार ६ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमा चालुतर्फ ४३ करोड ४७ लाख र पूँजिगततर्फ १ करोड छ ।

    यस्तै, सिम्ता गाउँपालिकाले ६१ करोड ७५ लखा १९ हजार रुपैयाँ बराबरको बजेट ल्याउदा चालुतर्फ ५२ करोड ६ लाख ८३ र पूँजिगततर्फ नौ करोड ६ लाख ३६ हजार बजेट छ । चिङ्गाड गाउँपालिकाले ४० करोड ८६ लाख ४६ हजार दुई सय सात रुपैँयाको बजेट प्रस्तुत गरेको छ ।

    जसमा चालुतर्फ ३१ करोड ८३ लाख नौ हजार र पुँजीगततर्फ नौ करोड तीन लाख ३७ हजार दुई सय सात रुपैँया छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले ५७ करोड बराबरको बजेट ल्याएको छ । यस्तै, पञ्चपुरी नगरपालिकाले ६९ करोड ११ लाख १५ हजार बराबरको बजेट ल्याएको छ । यस्तै, भेरीगंगा नगरपालिकाले ८० करोड २५ लाख २४ हजार बजेट ल्याएको छ । यी पालिकाले चालु र पूँजिगत बजेट छुट्याएका छैनन् 

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १९:५१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij