२०८२ चैत्र ११ गते बुधवार
कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेका रसुवाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
यही असार ७ गते रसुवा नजिकै चिनियाँ भूभागमा उनको मृत्यु भएको हो।
मृतक सिंहको शव केरुङदेखि स्याफ्रुबेँसी हुँदै हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। उनको मृत्युको कारण भने खुल्न सकेको छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij