Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा


  • 1.1K
    Shares

    नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीयले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ३७ हजार कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

    कम्पनीले आफ्ना केही संस्थापक सेयरधनीहरुको नाममा रहेको ३७ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

    कम्पनीले संस्थापक प्रकाश बोहोराको नाममा रहेको १६ हजार ४१४ कित्ता, ज्ञानेन्द्र पौडेल १६ हजार ८८९ कित्ता र देवराज पाण्डेको नाममा रहेको ४ हजार ५०० हजार सेयर बिक्री गर्न लागेको छ ।
     
    उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने छन् । ३५ दिनभित्र केन्द्रिय कार्यालय बनेपा–३ काभ्रेपलान्चोकमा लिखित जानकारी गराउनु पर्ने छ ।

    तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १२:४८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij