Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

१६ दिने सुत्केरी भाउजूको हत्यामा उनकै देवरको संलग्नता रहेको खुलासा

१६ दिने सुत्केरी भाउजूको हत्यामा उनकै देवरको संलग्नता रहेको खुलासा


  • 2.2K
    Shares

    • images
    १६ दिने सुत्केरी भाउजूको हत्यामा उनकै देवरको संलग्नता रहेको खुलासा

    काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका- ७ मा १६ दिने सुत्केरीको हत्यामा उनकै सहोदर देवरको संलग्नता रहेको प्रहरीले खुलासा गरेको छ । १९ वर्षीया तुलसी नाथको हत्या सुनका गहना र पुरानो रिसइबीका कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

    पक्राउ परेका देवर नवीन नाथले भाउजू सुतिरहेको अवस्थामा सिरानीले मुख थुनेर हत्या गरेको र कानका सुनका रिङ लुटेको बयान दिएका छन् । हत्यापछि प्रमाण नष्ट गर्न उनले शवलाई घर नजिकैको नालीमा फालेका थिए ।

    इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दका अनुसार, प्रारम्भमा शवमा कुनै बाहिरी चोट नदेखिँदा घटना शंकास्पद बनेको थियो । तर, मृतकले लगाएका सुनका गहना हराएपछि अनुसन्धान हत्यातर्फ सोझिएको थियो ।

    नवीनको बयान बाझिँदै गएपछि उनीमाथि शंका बढेको र पछि उनले लुकाएका गहनाबारे आफ्नै बुवालाई जानकारी दिएपछि घटनाको रहस्य खुलेको प्रहरीले जनाएको छ ।

    नवीनले आफूलाई भाउजूले हेप्ने गरेको र त्यही रिसइबीका कारण हत्या गरेको बताएका छन् । कैलालीका प्रहरी प्रमुख एसपी बाल नर सिंह रानाले सूक्ष्म अनुसन्धानबाट यो जटिल घटनाको सफल पटाक्षेप भएको बताए । अभियुक्तलाई कानुनबमोजिम कडा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ८ २०८२ आइतवार - ०७:११:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij