Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

समाचार

प्रधानमन्त्री ओलीले दैलेखमा मिथेन ग्यासको विशाल भण्डार भेटिएपछि सम्झिए अन्वेषण गर्दाका क्षण

प्रधानमन्त्री ओलीले दैलेखमा मिथेन ग्यासको विशाल भण्डार भेटिएपछि सम्झिए अन्वेषण गर्दाका क्षण


  • 1.6K
    Shares

    • images
    प्रधानमन्त्री ओलीले दैलेखमा मिथेन ग्यासको विशाल भण्डार भेटिएपछि सम्झिए  अन्वेषण गर्दाका क्षण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला सम्भाव्यता अध्ययन गराएको दैलेखको पेट्रोलियम पदार्थ खानीमा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् ।

    चिनियाँ विज्ञ टोलीले दिएको प्रारम्भिक प्रतिवेदनले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पाइएको समाचारहरू आएका छन् । विज्ञहरूका अनुसार उक्त ग्यास भण्डार प्रयोगमा ल्याउन सके नेपालमा ५० वर्षसम्मलाई पुग्ने बताइएको छ । 

    २०७२ चैतमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबिच पेट्रोलियम पदार्थको अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी ९जीटुजी० मा हस्ताक्षर भएपछि २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको जिम्मा चीनलाई दिन स्वीकृत भएको थियो ।

    प्रधानमन्त्री ओलीले विगतमा दैलेखमा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको स्मरण गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा खुसी हुँदै शुक्रबार बिहान उनले लेखका छन्, ‘पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु ।

    समर्थन र विरोध–आवाज थरिथरिका थिए । ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ । यो खुसीको समाचार हो ।’

     

    प्रकाशित मिति :आषाढ ६ २०८२ शुक्रवार - १०:१६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij