Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

महानगरभित्रको विवाद

आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी

आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी


  • 1.9K
    Shares

    • images
    आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह आफैंले गरेको निर्णयबाट पछि हटेका छन् ।

    १ जेठमा बालेनले सूचना प्रविधि समिति संयोजक नवीन मानन्धर, सुशासन समिति संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत र विधायन समिति संयोजक मचाराजा महर्जनको जिम्मेवारी खोसेका थिए ।

    उक्त निर्णय खोसिएकोमा वडाध्यक्षहरूले विरोध जनाएका थिए । उक्त निर्णयबाट मेयर शाह पछि हटेको एक वडाध्यक्षले जानकारी दिए । ‘पछिल्लो समय आफू (मेयर शाह) ले गरेका केही बचकाना निर्णयबाट पनि पछि हट्नु भएको छ,’ एक वडाध्यक्षले भने ।

    उनीहरूको स्थानमा सूचना प्रविधि समिति संयोजकमा एमालेबाट निर्वाचित वडाध्यक्ष वीरेन्द्र प्रजापति, कांग्रेसबाट नै निर्वाचित वडाध्यक्ष दलबहादुर कार्कीलाई सुशासन समिति संयोजक, सम्पदा तथा पर्यटन समितिका संयोजकमा कांग्रेसबाट निर्वाचित विनोदकुमार राजभण्डारी र विधायन समितिमा रास्वपाबाट निर्वाचित रोजिना श्रेष्ठ संयोजक तोकिएका थिए ।

    बालेनले नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समिति संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको बताएका थिए ।

    प्रकाशित मिति :आषाढ ५ २०८२ बिहिवार - १५:०५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij