Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

महालक्ष्मी विकास बैंकद्वारा ३१औं वार्षिकोत्सवको अवसरमा ३६ जना कर्मचारीहरुलाई सम्मान

महालक्ष्मी विकास बैंकद्वारा ३१औं वार्षिकोत्सवको अवसरमा ३६ जना कर्मचारीहरुलाई सम्मान


  • 1.3K
    Shares

    महालक्ष्मी विकास बैंकद्वारा ३१औं वार्षिकोत्सवको अवसरमा  ३६ जना कर्मचारीहरुलाई सम्मान

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ३१ औं वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रमसहित सम्मान गरेको छ । 

    बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्ष सम्म निरन्तर रुपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपुर्ण सेवा तथा योगदान पुर्याए बापत ३६ जना कर्मचारीहरुलाई सम्मान गरिएको बैंकले जानकारी दिएको छ । 

    विभिन्न शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा रही सेवा प्रदान गरिरहेका उक्त कर्मचारीहरुलाई बैंकका अध्यक्ष, सचालक समितिका सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका छन् । 

    उक्त कार्यक्रममा संचालक समिति सदस्यहरु, बैंकका उच्च पदस्थ अधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, काठमाण्डौं उपत्यकाका शाखा प्रबन्धकहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

    साथै, उक्त कार्यक्रममा महालक्ष्मी टोष्टमास्टर क्लबको औपचारिक सुरुवात समेत गरिएको छ । टोस्टमास्टर इन्टरनेशनल द्धारा मान्यता प्राप्त यो क्लब मार्फत बैकका कर्मचारीहरुमा नेतृत्व क्षमता, सार्वनजानिक वक्तृत्व कला, आत्मविश्वास तथा संचार कौशल अभिवृद्धिमा सहयोग पु¥याउने लक्ष्य सहित गठन गरिएको छ । 

    जेष्ठ महिना भर बैंकले ३१ औं वार्षिकोत्सव मनाउन तय गरेको पुर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएको बैंकले जानकारी दिएको  छ ।

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - १२:५९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij