Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

हेवा खोलाको पुल भाँचिएर तीन मजदुरको मृत्युपछि मन्त्रालयले गर्यो छानबिन समिति गठन

हेवा खोलाको पुल भाँचिएर तीन मजदुरको मृत्युपछि मन्त्रालयले गर्यो छानबिन समिति गठन


  • 1.5K
    Shares

    • images
    हेवा खोलाको पुल भाँचिएर तीन मजदुरको मृत्युपछि मन्त्रालयले गर्यो छानबिन समिति गठन

    काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल पुल भाँचिदा ३ जनाको ज्यान गएको छ ।

    यस  घटनाबारे छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ । मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरी आइतबार ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन् । 

    सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन् । 

    समितिलाई सो पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थायी रूपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरी ७ दिन भित्रमा प्रतिवेदन पेस गर्ने कार्यभार दिइएको छ । समितिले आइतबार देखिनै काम सुरु गरिसकेको छ । 

     

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - ११:४०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij