Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

३२ वर्षीया हिरा तामाङले एकैपटकमा जन्माइन् तिम्ल्याहा शिशु

३२ वर्षीया हिरा तामाङले एकैपटकमा जन्माइन् तिम्ल्याहा शिशु


  • 1.7K
    Shares

    • images
    ३२ वर्षीया हिरा तामाङले एकैपटकमा जन्माइन् तिम्ल्याहा शिशु

    ओखलढुंगाको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षीया हिरा तामाङले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन्।

    उनले ओखलढुङ्गा सामुदायिक अस्पतालमा शुक्रबार तिम्ल्याहा शिशुलाई जन्म दिएकी हुन्।

    बिहीबार अस्पताल भर्ना भएकी तामाङले शुक्रबार बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा.रोशन खरेलले जानकारी दिए।

    निर्देशक खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेका थिए। जन्मिएका शिशु तीनै छोरी हुन्। 

    तीमध्ये पहिलोको तौल एक हजार ९०० ग्राम, दोस्रोको दुई हजार २०० सय ग्राम र तेस्रोको तौल दुई हजार ३०० सय ग्राम रहेको अस्पतालले जनाएको छ।

    ३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। तामाङको पहिलो सन्तानका सात वर्षीय छोरा छन्।

    प्रकाशित मिति :जेठ ३१ २०८२ शनिवार - ०६:५८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij