Logo

२०८३ श्रावण ३० गते शनिवार

२०८३ श्रावण ३० गते शनिवार

आजको मौसम

आज देशका यी ठाउँहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज देशका यी ठाउँहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना


  • 3.0K
    Shares

    आज देशका यी ठाउँहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
    images

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (जेठ ३१, शनिबार) हुने सम्भावित वर्षा तथा हिमपातबारे जानकारी दिएको छ। 

    महाशाखाले आज बिहान जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, 

    आज दिउँसो: कोसी प्रदेश र बागमती प्रदेशका केही स्थान साथै मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोसी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

    आज राति: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको धेरै स्थान, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।

    images
    प्रकाशित मिति :जेठ ३१ २०८२ शनिवार - ०७:०६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij